
त्रिशूली, साउन १३ । गाविसका कार्यालयका सचिवमा खरिदार र सुब्बामात्र रहेकामा नुवाकोटमा पहिलोपटक शाखा अधिकृतलाई जिम्मेवारी दिइएको छ ।
पाँच गाविसमा शाखा अधिकृतलाई सचिवको जिम्मेवारी दिइएको हो । सरकारले गाविसहरुलाई गाभी गरी गाउँपालिका बनाउन लागिरहेका बेलामा गाविसमा पनि शाखा अधिकृतलाई सचिवको काम गर्न खटाइएको हो ।
चौघडा, थानसिङ, सूर्यमती, ककनी र तारुका गाविसमा शाखा अधिकृतलाई गाविस सचिवको पदमा खटाइएको जिविस प्रशासन प्रमुख हरि प्याकुरेलले जानकारी दिए ।
अहिले नुवाकोट लगभग गाविस सबै गाविसका लागि सचिवको दरबन्दी पूरा हुने अवस्थामा पुगेको छ । ६१ गविस रहेको नुवाकोटमा ५७ सचिवको दरबन्दी छ ।
गाविस सचिवमा पाँच अधिकृत, ३२ नासु र बाँकी खरिदार छन् ।
बाँकी गाविसमा पनि सचिवका लागि केही सातामै पदपूर्ति भइसक्ने जिविसले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्