७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


शेयरबजार थोरै ऋणात्मक


0
Shares

काठमाडौं, साउन १३ । पछिल्ला दिन उच्चदरले उकालो लाग्दै रहेको शेयरबजार साताको अन्तिम दिन थोरैले ऋणात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले ऋणात्मक रहेर १८ सय ७७ कायम भएर थामियो ।

सुरुआती समयमा उच्चदरले ओरालो लागेर २० अंक बराबरले झरिसकेको नेप्से तत्कालै सच्चिएको हो । कारोबार यसदिन पनि उच्च नै रह्यो ।

वित्त र बीमाबाहेक अरु समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो । उत्पादनमूलक समूह सबैभन्दा उच्च ६० अंकले झर्‍यो भने अरु समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीको १ करोड ७ लाख बराबर कित्ता शेयर २ अर्ब ३० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।