
चितवन, साउन १४ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड मध्यान्हदेखि सुचारु भएको छ ।
गएराति परेको वर्षासँगै सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ मा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि यातायात सुचारु भएको स्थानीय प्रहरीले जनाएको छ ।
यातायात सुचारु भएपछि बिहानैदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्