२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेपाल फोटो प्रतियोगितामा दीपकरत्नको फोटो ठहरियो उत्कृष्ट


0
Shares

काठमाडौं, साउन १४ । यो वर्षको उत्कृष्ट फोटोबाट दीपकरत्न बज्राचार्य पुरस्कृत भएका छन् ।

फोटो पत्रकारहरुको संस्था पीजे क्लबले आयोजना गरेको वर्षको ‘नेपाल फोटो कन्टेस्ट २०७३’मा बज्राचार्यको वैशाख १२ को गोरखा भूकम्पका बेला खिचिएको फोटो उत्कृष्ट ठहरिएको हो ।

बज्राचार्यले पुस्कारसँगै १ लाख रुपैयाँ नगद पनि प्राप्त गरेका छन् ।

प्रतियोगितामा ८ सय ११ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नवेश चित्रकार तीनओटा विधामा पुरस्कृत भएका छन् ।

घुमफिर २०७३, नेचर वाइल्ड लाइफ, डेल्ली लाइफ, नेपाल स्माइल, न्यूज, फोटो स्टोरी, स्पोर्टस् र फोटो अफ द एअर गरी ८ ओटा विधामा विभिन्न फोटो पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।

घुमफिर २०७३ को प्रथम पुरस्कार नरेश श्रेष्ठले हात पारे भने नेचर वाइल्ड लाइफका लागि रमेश कुमार पौडेलको फोटो उत्कृष्ट ठहरियो ।

त्यसैगरी, फोटो स्टोरीको प्रथम पुरस्कार नवीन बरालले प्राप्त गरे भने स्पोर्टस्तर्फ सुबिन्दकुमार पुनले हात पारे ।

पीजे क्लबले हरेक वर्ष आयोजना गर्दै आएको फोटो कन्टेन्समा फोटा पत्रकारलगायत सर्वसाधारणको फोटो पनि समावेश गर्ने गरिएको छ ।