
प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, साउन १४ । बाढीका कारण डुबानमा परेका जिल्लाहरुमा स्वास्थ्य सेवा पुर्याउन नसक्दा झाडापखाला, टाइफाइड र जन्डिसका बिरामीहरु बढ्दै गएपछि महामारीको सम्भावना देखिन थालेको छ ।
तर, स्वास्थ्य सेवा विभागका अधिकारीहरु भने त्यस्तो अवस्था आउन नदिने दाबी गर्दछन् ।
बाढीले अतिप्रभावित जिल्लाहरुमा स्वास्थ्य सेवा राम्रोसँग पुग्न नसक्दा स्थानीय बासिन्दाहरुमा दुषित पानीका कारण विभिन्न सरुवा रोगहरु फैलँदै गएको छ ।
डुबानका कारण ती जिल्लाहरुमा फोहोर पानी र अस्वस्थ खानपानका कारण झाडापखाला, ज्वरो, जन्डिसजस्ता रोगका बिरामीहरु बढ्दै गएका छन् ।
बाढीका कारण मानिसको जनजीवन नै अस्तव्यस्त बन्दै गएको समयमा सरुवा रोगले अर्को महामारीकोरुप लिने त्रास पनि बढ्दै गएको छ । तर, ती जिल्लाहरुमा चिकित्सक टोलीसमेत खटाइएको छैन ।
बाढीले बढी प्रभावित जिल्लाहरुमा विशेषगरी घाइते एवं बालबालिका र बृद्धबृद्धाहरु थप समस्यामा परेका छन् ।
ती जिल्लाहरुमा झाडापखाला र टाइफाइडका बिरामीहरु बढ्दै गएका छन् भने महामारीको खतरा बढ्दै गएको बताइन्छ ।
यद्यपि, स्वास्थ्य विभागका अधिकारीहरु भने महामारीकोरुप लिन नदिने दाबी गर्दछन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्