१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


आर्थिकक्रान्ति एवं समृद्ध नेपालको निर्माण अबको एजेन्डा : उपराष्ट्रपति


0
Shares

काठमाडौं, साउन १४ । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक स्थिरतासँगै आर्थिकक्रान्ति एवं समृद्ध नेपाल निर्माण अबको प्रमुख एजेन्डा हुनुपर्नेमा जोड दिएका छन् ।

२२औं कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन हुनुपर्ने र यसका लागि दलहरुबीच राजनीतिक एकता जरुरी रहेको औंल्याए ।

अन्तर्राष्ट्रिय व्यापारमा कार्गो व्यवसायीको ठूलो महत्व रहेको बताउँदै उनले नेपालको निर्यात्व्यापार बृद्धिका लागि कार्गो व्यवसायीहरुले पहल गर्नुपर्ने धारणा राखे ।

उनले छिमेकीमुलुकसँग भएका आयात्–निर्यात् सम्झौता कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाली ‘सिपिङ’ कम्पनी खोल्नुपर्नेमा जोड दिए ।

उनले भारत र चीनकोबीचमा नेपाल अवस्थित हुनु चुनौती र अवसर दुबै भएको उल्लेख गरे ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीनसँग सन्चालन सम्झौता भएको नयाँ बन्दरगाह छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले सरकार निजी क्षेत्रको सहकार्यमा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा कार्गो व्यवसायको विकासमा सहयोग पुर्‍याउने निजी एवं सरकारी क्षेत्रका एक–एकजनालाई नेफा एनुअल अवार्ड २०१६ प्रदान गरिएको थियो ।

त्यस्तै, कतार एअरवेज, इमिरेट्स स्काई कार्गो, थाइ एअरवेज एवं टर्किस कार्गोलाई सबैभन्दा बढी कार्गो बोक्ने एअरलाइन्सकोरुपमा सम्मानित गरिएको थियो ।