 
	    काठमाडौं, साउन १४ । नेपाली कांग्रेस र नेकपा एमालेका युवा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की स्वेच्छाचारी ढंगले अगाडि बढेको आरोप लगाएका छन् ।
डा. गोविन्द केसी ऐक्यबद्धता गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागी सांसदहरुले कार्कीविरुद्ध महाअभियोग लगाउन पर्याप्त आधार रहेको बताए ।
कार्यक्रममा एमाले नेता घनश्याम भुषालले लोकमानका अगाडि सांसद निरीह बनेको आरोप लगाए भने अर्का एमाले सांसद रविन्द्र अधिकारीले अख्तियार दुरुपयोगको छानबिन गर्नेले नै अधिकार दुरुपयोग गरेको बताए ।
कार्यक्रममा कांगे्रस सांसदहरु गगन थापा, रामहरि खतिवडालगायतले पनि अख्तियारको काम–कारबाही स्वेच्छाचारी भएको आरोप लगाएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्