२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मध्य पहाडी लोकमार्गमा दर्जनौं स्थानमा पहिरो, यातायात अबरुद्ध


0
Shares

पाँचथर, साउन १५ । राष्ट्रिय गौरबको आयोजनाका रुपमा परिचित मध्य पहाडी लोकमार्गको पाँचथर र तेह्रथुम खण्डका विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अबरुद्ध बनेको छ ।

अविरल बर्षासँगै पाँचथरको फिदिम ५ सगरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको हो । च्याङथापु र ओयाम क्षेत्रमा पनि दर्जनभन्दा धेरै स्थानमा पहिरो र ढिस्कोले बाटो अवरुद्ध गराएको छ ।

पहिरो गएर सडक अवरुद्ध भएपछि तेह्रथुमको चुहानडाँडा र संक्रान्ती बजारबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै झापाको विर्तामोडतर्फ हिँडेका सयौं यात्री बाटोमै अलपत्र परेका छन् ।

भर्खरै मात्रै कालोपत्रे गर्ने काम सकिएको मध्य पहाडी लोकमार्गको फिदिम तेह्रथुम खण्डमा पहिरोसँगै ठूला ठूला ढुंगा खसेकाले स्काभेटर प्रयोग नगरी पन्छाउन नसकिने यातायात व्यवसायीहरुले बताएका छन् ।