२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पहिरोले पाँच घर बगायो, २३ घर उच्चजोखिममा


0
Shares

गुल्मी, साउन १५ । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको दर्लिङ गाविसमा पाँच घर बगाएको छ ।

गत दुई दिनदेखि गएको लगातार गएको पहिरोले उक्त गाविसका ५५ भन्दा बढी घरधुरी विस्थापित बनेका छन् ।

दर्लिङ गाविस–३, दुनामनजिकै रहेको कसिलाबजस्थित दलित बस्तीका पाँच घर पहिरोले बगाएको हो ।

पहिरोका कारण भिरालो स्थानमा रहेको उक्त दलित बस्तीका ३५ घरसमेत उच्चजोखिममा परेको बताइएको छ । पहिराले विस्थापित स्थानीयबासीले गोठ, आफन्त तथा छिमेकीका घरमा आश्रय लिइरहेका छन् ।

उक्त गाविसका अधिकांश घरको भित्रबाट पानी निस्कने, चर्कने र घरै बांगो भएका कारण मानिसहरु विस्थापित भएको दर्लिङ गाविस सचिव गोपाल सेनले बताए ।

अहिलेपनि उक्त स्थानमा पानी परेको हुँदा पहिरोको उच्चजोखिम कायमै रहेको बताइएको छ ।

उक्त गाविस सदरमुकाम तम्घासबाट ५० किमी टाढा अत्यन्तै दुर्गममा रहेका कारण उनीहरुलाई तत्काल राहत सामग्री पुर्‍याउन समस्या परेको बताइएको छ । रासस