Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


मजदुरमाथि लाठीचार्ज ? अनिश्चितकालीन यातायात बन्दको घोषणा


0
Shares

कैलाली, साउन १५ । गाडी सन्चालनको विषयमा भएको विवाद र प्रहरीले गरेको ‘दमन’को विरोध गर्दै सुदूरपश्चिका ८ ओटा सार्वजनिक यातायात व्यवसायी संघले सेवा ठप्प पारेका छन् ।

व्यवसायी संघहरुको बन्दका कारण शनिबार कुनैपनि सवारी–साधन चलेका छैनन् ।

गाडी सन्चालनका विषयमा शुक्रबार भएको विवादलाई लिएर प्रहरी प्रशासनले मिलाउनुको साटो हस्तक्षेप गरी मजदुरहरुमाथि लाठीचार्ज गरेको आरोप लगाउँदै व्यवसायीहरुले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष टेकराज जोशीले जानकारी दिए ।

सुदूरपश्चिम यातायात व्यवसायी संघले थालेको आन्दोलनलाई समर्थन जनाउँदै कैलाली टेम्पो तथा बस व्यवसायी समिति धनगढी, शैलेश्वरी यातायात प्रालि डोटी, कर्णाल रिभर साइड यातायात व्यवसायी संघ धनगढीलगायतका सबै यातायात समितिले आफ्ना सबै सेवा ठप्प पारेका छन् ।