
हेटौंडा, साउन १६ । मकवानपुरको मनहरी–३ स्थित रमनटारमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गाइघाटर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौै आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
६ जनाको घटनास्थलमै, दुई जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमध्ये उदयपुरको त्रियुगा नगरपालिका–१० का १० वर्षे बालक मणिरत्न चौधरी, सोही ठाउँका २५ वर्षे विनोद चौधरी, ठेगाना नखुलेका २७ बर्षे सन्तोष चौधरी, काठमाडौंका लक्ष्मीप्रसाद अधिकारीको मात्र सनाखत भएको छ ।
मृतकको शव हेटौंडा जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा दुबै बसका चालकसहित ३२ जना घाइते भएका छन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्