२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


२० वर्षदेखिको बेरुजु फर्छ्यौट हुन सकेन


0
Shares

रसुवा, साउन १६ । रसुवामा २० वर्ष अघिदेखिको बेरुजु फर्छ्यौट हुन सकेको छैन । सडक, सिंचाई, झोलुंगे पुल, घोडेरो बाटोलगायतका आयोजनामा विनियोजित रकमको बढी बेरुजु देखिएको जिल्ला विकास समितिका लेखा अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिए ।

योजना सञ्चालनका लागि उपभोक्ता समितिहरुले काम नगर्दा र आवश्यक कागजात पेश नहुँदा १ करोड ६२ लाख ३३ हजार रकम बेरुजु फर्छ्यौट हुन नसकेको हो । जिल्लामा २०५१ सालदेखिको बेरुजु बाँकी छ ।

जिल्ला विकास समिति रसुवाका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ८६ प्रतिशत काम भएको छ । समयमै उपभोक्ताले काम गर्न नसक्दा ३ करोड ९३ लाख ९७ हजार रुपैयाँ रकम फ्रिज भएको जिल्ला विकास समिति रसुवाले जनाएको छ ।