Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सरकारले सहयोग नगरेपछि राष्ट्रिय आविस्कार केन्द्रका लागि जग्गा दान गरे महावीर पुनले


0
Shares

काठमाडौं, साउन १६ । सामाजिक अभियन्ता महावीर पुनले आफ्नो नाममा रहेको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

तत्कालिन अर्थमन्त्री डा.रामशरण महत र वर्तमान अर्थमन्त्री विष्णु पौडेललाई बारम्बार सहयोगका लागि आग्रह गर्दा पनि आविष्कार केन्द्रलाई सहयोग नगरेकाले आफ्नो जग्गा दान गर्ने घोषणा गरेको पुनले बताएका छन् ।

अर्थमन्त्री तथा अर्थमन्त्रालयका सचिव तथा सहसचिवहरुले जग्गा बेच्नु पर्दैन भन्ने गरेपनि अहिलेसम्म सहयोग नगरेकाले आफूले कास्कीको बेगनास तालको उत्तरपट्टीको ठूलाकोट डाँडामा रहेको तीन करोड रुपैयाँ पर्ने २८ रोपनी जग्गा केन्द्रलाई दिने निर्णय गरेको पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन् । उनले आफ्नो नाममा उक्त जग्गाबाहेक कुनै भौतिक सम्पत्ति नरहेको पनि प्रष्ट पारेका छन् ।

अमेरिकाको मेरिल्याण्डका बन्बरे, पर्वतका पदम पुन तथा आफ्ना नाममा रहेको जग्गा दान गर्ने निर्णय गरेको उनको भनाइ छ । अब आफ्नो बाँकी जीवन नेपालको विकासका लागि समर्पित गर्ने उनले स्पष्ट पारेका छन् ।

Skip This