७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


शेयर बजार दोहोरो अंकले ऋणात्मक


0
Shares

काठमाडौं, साउन १६ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १५ अंकले झरेर १८६२ बिन्दुमा आइपुग्यो ।

यसदिन जलविद्युत र अन्य समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । होटल समूह सबैभन्दा उच्च ९५ अंकले घट्यो । लगातार बुलिस ट्रेण्डमा रहँदै आएको बजार सच्चिएको विश्लेषण गरिएको छ ।

यस्तै बीमा समूह ४५ अंकले, उत्पादनमूलक समूह ३६ अंकले, वाणिज्य बैंक समूह करिब २१ अंकले र वित्त समूह पनि करिब १२ अंकले घट्यो । यसदिन जलविद्युत समूह २३ बढ्यो भने अन्य समूह नगन्य अंकलेमात्र सकारात्मक रह्यो ।

यसदिन १४१ कम्पनीको ३५ लाख ९४ हजार कित्ता शेयर १ अर्ब ७५ करोड रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।