९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


भारत जान अब नेपालीलाई परिचयपत्र अनिवार्य


0
Shares

                                                                 फाइल फोटो

बैतडी, साउन १७ । भारत जाने नेपालीले अबदेखि परिचयपत्र अनिवार्यरुपमा लैजानुपर्ने भएको छ ।

भारतमा साउन ३१ गते मनाइने गणतन्त्र दिवसलाई मध्यनजर राखेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि परिचयपत्र अनिवार्य गरिएको हो ।

बैतडीको सीमा क्षेत्र झुलाघाटमा पनि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ ।

भारत जान चाहने नेपालीलाई आफ्नो परिचय खुल्ने कागजपत्र लिएरमात्रै आवत–जावत गर्नका लागि नेपाल प्रहरीमार्फत् भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

परिचयपत्र नभएकालाई सीमाबाट फर्काइने भएकाले भारत जानुपरेमा परिचयपत्र साथमा लिएरमात्र जान भनिएको जिप्रका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

भारतीय सीमावर्ती बजार झुलाघाट, धार्चुला, पिथौरागढसम्म परिचयपत्र आवश्यक नपरेपनि दिल्ली मुम्बईलगायतका ठाउँमा जाने नेपालीले अनिवार्य परिचयपत्र लिएरमात्र जान प्रहरीले आग्रह गरेको छ । रासस