२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘सूचना पाउने अधिकारको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्नोस्’


0
Shares

काठमाडौं, साउन १७ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नेपालमा क्रियाशील अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई नागरिकको सूचना पाउने अधिकारको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्न आग्रह गरेका छन् ।

आयोगले सोमबार ललितपुरमा गरेको अन्तरक्रियामा सहभागी अन्तर्राष्ट्रिय दातृनिकायका प्रतिनिधिहरुलाई यस्तो आग्रह गरेका हुन् ।

सूचनाको हकको सम्बन्धमा भएको संवैधानिक एवं कानुनी व्यवस्थाकाबारेमा जानकारी दिंदै उनले सूचनाको हक कार्यान्वयनका लागि आयोगले हालसम्म सम्पन्न गरेका कामकाबारेमा पनि जानकारी दिए ।

कार्यक्रममा सूचना आयुक्त किरण पोखरेलले सबै क्षेत्रको समर्थन, सहजकारी भूमिका र उपयुक्त योगदानबिना सूचनाको हकको कार्यान्वयन नागरिकको अपेक्षाअनुरुप हुन नसक्ने बताए ।

अर्का आयुक्त यशोदा तिम्सिनाले विकास साझेदारले नेपालमा गरेको लगानीकाबारेमा जनतालाई नियमित सूचना उपलब्ध गराउनसके पारदर्शीता र जवाफदेहितालाई व्यवहारमा उतार्न सजिलो हुने बताइन् ।

कार्यक्रममा विकासका साझेदारहरुले आयोगको सूचनाको स्रोत र यसको अभ्यासकाबारेमा चासो राखेका थिए ।