२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कन्चनपुरमा बाढीबाट बच्नेसम्बन्धी पूर्वाभ्यास


0
Shares

कन्चनपुर, साउन १७ । पछिल्लो समय देशका विभिन्न स्थानमा बाढीको प्रकोप बढेपछि कन्चनपुरमा बाढीपूर्व अपनाउनुपर्ने सतर्कतासम्बन्धी पूर्वाभ्यास गरिएको छ ।

कन्चनपुरका विभिन्न नदीमा आउने बाढीले हुने क्षति न्यूनीकरणका लागि सोमबार यस्तो अभ्यास गरिएको हो ।

बाढी आउँदा आफू बच्ने र समस्यामा परेकालाई उद्धार गर्नेलगायतका अभ्यास प्रस्तुत् गरिएको सो कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनालगायतको सहभागिता रहेको थियो ।

अभ्यास कार्यक्रमा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, कन्चनपुर प्रहरी प्रमुख तुलसीप्रसाद अधिकारी, गुल्मपति सेनानी सुजन शाक्य, सरकारी कार्यालयका प्रमुखहरु तथा विभिन्न संघ–संस्था तथा स्थानीयको सहभागिता रहेको थियो ।