काठमाडौं साउन १७ । उपत्यकाका नेवार समुदायले सोमबार गंठामुग पर्व मनाएका छन् ।
श्रावण कृष्ण चतुर्दशीको दिन मनाइने यस पर्वलाई ‘घन्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ ।
आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घरमा सरसफाइ गरी राक्षसीस्वरूपको घन्टाकर्ण दहन गर्ने चलन छ ।
नर्कटबाट बनाइएको गठांमुग साँझ टोल–टोलमा परिक्रमा गराएपछि छ्वाली बालेर ढालेपछि नदीमा लगेर विसर्जन गरिन्छ ।
परापूर्वकालमा एक नास्तिकले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घन्ट झुन्ड्याएको र उसको आतंकले अप्ठ्यारो परेकाले घन्टाकर्णलाई दहन गरिएको किम्बदती रहेको छ ।
राति घरको ढोकामा भूतप्रेत र दुष्ट आत्माबाट जोगिन फलामको तीनखुट्टे किला गाडेर कालो भटमास, रक्ति, जाँड, मासु, छ्यापी चढाउदै विभिन्न जडीबुटीको धुप घरमा बाल्ने गरिन्छ ।
विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न फलाम र पञ्च धातुको औंठी लागाउने चलन पनि रहेको छ ।









प्रतिक्रिया दिनुहोस्