३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेकपाको कार्यदलले सचिवालय बैठकमा बुझायो नियमावली प्रतिवेदन


0
Shares

काठमाडौं, असार २६ । पार्टी विधान अन्तर्गतको नियमावली बनाउन गठित नेपाल कम्युनिष्ट पार्टीको तीन सदस्यीय कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन सचिवालय बैठकमा पेश गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकमा कार्यदलले नियमावलीको लागि मस्यौदा पेश गरेको हो ।

मस्यौदाबारे सचिवालय बैंठकमा छलफल भए पनि अन्तिम टुंगो भने लाग्न सकेन ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले पेश गरेको नियमावली मस्यौदाको अध्ययनपछि चाँडै अन्तिम रुप दिने बताए ।

बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् । कार्यदलमा बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापा छन् ।