२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


दुई महिनादेखि शिक्षक बेपत्ता


0
Shares

धनकुटा, साउन १८ । दुई महिनाअघि बेपत्ता चानुवाका एक शिक्षक अझै फेलापरेका छैनन् ।

स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा–१ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाइँ गत असार १८ गते आफन्तको मलामी गएकाबेला बाटैबाट बेपत्ता भएका हुन् ।

रुखबाट लडेर आफन्त १३ वर्षीय रेशन चापागाइँको मृत्यु भएपछि अरुणघाटमा मलामी जान भनी गएका शिक्षक चापागाइँ दुई महिना बितिसक्दा पनि घर फर्किएका छैनन् । अझै कुनै अत्तोपत्तो नहुँदा परिवारमा चिन्ता र अन्योल छाएको छ ।

अरुणघाटबाट करिब एक किमी माथिसम्म पुगेकोे स्थानीयबासीले देखेको भएपनि त्यसपछि भने सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

हुलियासहित सबै ठाउँमा खोजतलास गर्दापनि उनको अझै अत्तोपत्तो लाग्न नसकेको जिप्रका धनकुटा, मुद्दा फाँटका प्रहरी नायब निरीक्षक दिनेश अधिकारीले बताए । रासस