Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


पाँचथरका ग्रामीण सडक अबरुद्व


0
Shares

पाँचथर, साउन १९ । वर्षासँगै पाँचथरका अधिकांस ग्रामिण सडक अबरुद्व भएका छन् । वर्षाले सडक हिलाम्य हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा ती सडक अबरुद्व भएका हुन् ।

जिल्लामा खनिएका करिव दुई हजार दुईसय सडक मध्ये हाल मेची राजमार्गमा पर्ने राँकेदेखि कावेलीसम्मको ९३ किलोमिटर, जोरपोखरी एकतिन मेमेङ सडकखण्डको जोरपोखरीदेखि पञ्चमुखीसम्मको २५ किलोमिटर, फिदिम यासोक खण्डको करिब २९ किलोमिटर सडकमात्रै नियमित सञ्चालनमा छन् ।

यीबाहेक फिदिम–याङनाम–फालौट, राँके–रवि, दमक–चिसापानी–रवि, लिम्वा–दुरदिम्वा–रवि, पौवाभञ्ज्याङ–रानिटार–लुङरुपा र एकतिन–मेमेङ क्षेत्रमा रहेका अधिकांश कच्ची सडकका ठाउँठाउँमा पहिरो गएपछि हिलाम्ये भएका छन् । सडक अबरुद्ध भएसँगै ढुवानीका साधन नचल्दा उपभोग्य वस्तुको भाउ महंगिएको छ ।