Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


कालोपत्रे भत्किएपछि यस्तो भयो चित्रे–म्याङलुङ सडक


0
Shares

तेह्रथुम, साउन १९ । तेह्रथुम सदरमुकाम म्याङलुङ जोडिने चित्रे–म्याङलुङ सडकखण्डमा कालोपत्रे उप्किएर हिलाम्मे भएपछि यात्रुलाई सास्ती भएको छ ।

केही वर्ष अघिमात्र पहिलो पटक कालोपत्रे भएको सडक अहिले कच्ची जस्तै हिलाम्मे भएको छ । सडक कालोपत्रे भए पनि मर्मत संभारका नाममा यो सडकमा वर्सेनि करोडौं खर्च गरिँदै आएको छ ।

तर प्रभावकारी काम नहुँदा सडकको स्तरोन्नति हुन सकेको छैन । पूर्वका झापा, मोरङ, सुनसरी र धनकुटासँग जिल्लाको सदरमुकाम तथा जिल्लाकै विभिन्न गाविसलाई सदरमुकामसँग जोड्ने यो सडक भत्किएपछि यात्रा गर्न समस्या भएको यात्रुको गुनासो छ ।

सडक मर्मतको काममा इन्जिनियर र ठेकेदारले लापरबाही गरेकाले सडकको अवस्था नसुध्रिएको स्थानीयको आरोप छ ।