
काठमाडौं, साउन २० । परराष्ट्रविद्हरुले नयाँ सरकारले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरी परराष्ट्रनीतिमा पनि सन्तुलन ल्याउनुपर्नेमा जोड दिएका छन् ।
विहीबार राजधानीमा भएको एक साक्षात्कारमा प्राध्यापक लोकराज बरालले संविधानको कार्यान्वयन नै यो सरकारको प्रमुख चुनौती भएको बताए ।
कार्यक्रममा पूर्वराजदूत दुर्गेशमान सिंहले नयाँ सरकारले मित्रराष्ट्रहरुलाई विश्वासमा लिएर काम गर्नुपर्ने बताए ।
अर्का पूर्वराजदूत डा. सुरेश चालिसेले समुद्रपारिका मुलुकहरुलाईभन्दा छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई नयाँ सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।
उनले भारत र चीन दुबैको सुरक्षा र चासोलाई नयाँ सरकारले सम्बोधन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्