Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


मकालु एअरको विमान ‘फोर्स ल्यान्डिङ’, पाइलट, को–पाइलट सामान्य घाइते


0
Shares

                                                फाइल फोटो

नृप हमाल (इमेज)
अपडेट
हुम्ला, साउन २० । हुम्लाको राउते रानामा विहीबार दिउँसो मकालु एअरलाइन्सको ‘९ एनएकेसी’ कलसाइन भएको सिंगल इन्जिन विमान ‘फोर्स ल्यान्डिङ’ गरिएको छ ।

विहीबार दिउँसो ३ बजेर ४० मिनेटमा हुम्लाको सिमीकोटबाट सुर्खेतका लागि उडेको विमानमा उडेको पाँच मिनेटमै इन्जिनमा खराबी आएपछि कर्णाली नदी किनारमा फोर्स ल्यान्डिङ गरिएको हो ।

विमानमा पाइलट सांगे लामा र को–पाइलट प्रशान्त शाहमात्र सवार थिए ।

सामान्य घाइते अवस्थामा दुबैजनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

दुबैजनालाई थप उपचारका लागि सिम्रिक एअरको हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।

उक्त विमान सुर्खेतबाट कार्गो लिएर सिमीकोट आएर फेरि सुर्खेत नै फर्कंदै थियो । घटनास्थल हुम्लाको सिमीकोट गाविस र खार्पुनाथ गाविसको सीमाना रहेको छ ।