Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


रोटर्‍याक्ट नेपालको संयोजनमा बाढीपीडितलाई राहत प्रदान


0
Shares

काठमाडौं, साउन २० । हालै आएको बाढीबाट प्रभावित भएकाहरुले राहत सामग्री नपाएको गुनासो आइरहँदा रोटर्‍याक्ट डिस्ट्रिक्ट नेपाल ३२९२ को संयोजनमा सप्तरीका २ सय २० बाढीपीडित परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

विभिन्न रोटर्‍याक्ट क्लबहरुसहित स्थानीय सहयोगी संस्थाहरुमार्फत् सप्तरी लोकराम–६ मा बाढीपीडितलाई खाद्यान्न, लत्ताकपडा, औषधि, झुल, म्याट्रेस्, पाललगायतका सामाग्री प्रदान गरिएको वितरण गरिएको रोटर्‍याक्ट नेपालले जनाएको छ ।

राहत सामग्रीसँगै ३ सय १५ जना बाढी–प्रभावितहरुको स्वास्थ्य परीक्षणसहित २ लाख रुपैयाँ बराबरको औषधि प्रदान गरिएको रोटर्‍याक्ट नेपालका डा. ललित झाले जानकारी दिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफल र सहयोगमा राहत सामग्री वितरण गरिएको रोटर्‍याक्ट नेपालले जनाएको छ ।

बाढी–प्रभावितहरुलाई कोसिस नेपाल, हेल्प मधेसी (कतार), नेसनल भोलेन्टेरिङ प्रोग्राम, सोलाङ्चर, सानो पाइला, सफा चौरासी व्यञ्जन रेस्टुरन्टसहित अरु रोटर्‍याक्ट क्लबको सहयोगमा राहत सामग्री वितरण गरिएको रोटर्‍याक्ट नेपालले जनाएको छ ।

अरु बाढी–प्रभावित जिल्लाहरुमा पनि राहत सामग्री प्रदान गर्न राहत सामग्री संकलन गरिरहेको क्लबले जनाएको छ ।