Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


बेलायती राजदूतद्वारा प्रधानमन्त्री दाहाललाई शुभकामना


0
Shares

काठमाडौं, साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)का नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा भएको भेटवार्तामा राजदूत मोरिसले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिँदै दाहाललाई सफल कार्यकालको कामना गरेका थिए ।

नेपाल र बेलायतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा उठाउन आफू र आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गर्ने भन्दै प्रधानमन्त्रीले एक आपसमा मिलेर काम गर्ने विचार समेत व्यक्त गरेको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्रीले बेलायत सरकार र बेलायती जनताको तर्फबाट प्राप्त भएको बधाईप्रति धन्यवाद दिएका थिए ।

यस्तै विकास साझेदार डिएफआइडीले नेपालको विकासमा पु¥याएको सहयोगको उच्च प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरेका थिए । (रासस)