काठमाडौं, साउन २१ । कपन–चाबहिल–कालोपुल–बागबजार हुँदै कालिमाटी–स्वयम्भू रुटमा चल्ने संयुक्त यातायातको बसले स्कुटीलाई ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
विहीबार बिहान १०ः३० बजे रत्नपार्कतर्फ गइरहेको बा३ख ४८९७ नम्बरको बसले पुतलीसडकतिर गइरहेको बा६३प ३९१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीचालक नेहा साह गम्भीर घाइते भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजंग साहले राससलाई जानकारी दिए ।
घाइते साहको वीर अस्पताल ‘ट्रमा सेन्टर’मा उपचार भइरहेको छ । बसका चालक र परिचालक फरार छन् । बसलाई वृत्तले नियन्त्रणमा लिएको छ ।
बसले स्कुटीलाई ठक्कर दिएपछि केहीबेर यात्रु रु स्थानीयबासीले बागबजार सडक जाम गरेका थिए ।
आक्रोशित मानिसले बसको अगाडिको सिसा फुटाइदिएका छन् । रासस









प्रतिक्रिया दिनुहोस्