
ताप्लेजुङ, साउन २१ । जल उत्पन्न प्रकोप तथा नियन्त्रण विभागले गठन गरेको टोलीले ताप्लेजुङमा पहिरोले बनाएको तमोर नदीको ताल अध्ययन गरेर फर्केको छ ।
टोलीले उक्त ताललाई अहिलेको अवस्थामा केही गर्न सकिने अवस्था नरहेको ठहर गर्दै पर्खनुको विकल्प नरहेको जनाएको छ ।
ताप्लेजुङ जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले टोलीले तयार पारेको प्रतिवेदन विभागमा बुझाएपछिमात्र विस्तृत जानकारी आउने बताए ।
प्रतिक्रिया दिनुहोस्