Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


पत्रकार योग्यता परीक्षणको परीक्षा अब यसरी ?


0
Shares

काठमाडौं, साउन २१ । पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदलले शुक्रबार प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ ।

अध्ययन प्रतिवेदनमा पत्रकारिता पेशालाई थप जिम्मेवार, व्यवस्थित, व्यवसायिक र मर्यादित बनाउन पत्रकारिता वा अरु कुनै विषयमा स्नातक गरेर पेशामा प्रवेश गर्न लागेका नयाँ जनशक्ति र एसएलसी उत्तीर्ण गरी पहिल्यैदेखि पत्रकारिता गर्दै आएकाहरुका लागि योग्यता परीक्षण परीक्षा लिने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएको छ ।

यस्तो परीक्षा सन्चालन र व्यवस्थापन गर्न काउन्सिलबाट पत्रकारिता क्षेत्रका विशेषज्ञहरु रहेको एक समिति गठन गरिने र उक्त समितिका संयोजक तथा सदस्यहरुले निश्चित मापदन्ड पूरा गरेको हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा चार दशकदेखि विश्वविद्यालय तहमा पत्रकारिता विषयमा अध्यापन गरिँदै आएको भएपनि व्यवसायिक पत्रकारकोरुपमा काम गर्न योग्य रहे/नरहेको यकिन गर्दै दक्षताको प्रमाणपत्र प्रदान गर्ने प्रचलन छैन ।

यसै सन्दर्भमा प्रेस काउन्सिलले गत फागुन १९ गते पत्रकारिता पेशामा प्रवेशपूर्व योग्यताको परीक्षणको व्यवस्था गर्ने सम्बन्धमा अध्ययन गरी अवधारणा, पाठ्यक्रम तथा कार्य–प्रक्रियासहितको प्रतिवेदनका लागि डा. रामकृष्ण तिमल्सेनाको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो ।