
धनकुटा, साउन २२ । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आवाहृान गरेको बन्दका कारण आज धनकुटा सहित पुर्वी नेपालको जनजीबन प्रभाबित बनेको छ ।
सो पार्टीले पृथ्वी नारायण शाहले एकिकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा हरेक बर्ष साउन २२ गते ‘कालो दिन’ को रुपमा अरुण पुर्वका ९ जिल्ला बन्द गर्दै आएका छन् ।
परिषदले आज एक दिन पुर्वका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा बन्द आवहृान गरेका हुन् ।
बन्दका कारण पुर्व क्षेत्रमा आज बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालनमा रहेका छन । बन्दका कांरण बजार , शिक्षण संस्था, उद्योग धन्दा लगायत प्रभातिव भएका छन् ।
प्रतिक्रिया दिनुहोस्