२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रहरीले मृत्यु भएको भनेका राई उपचारपछि घर फर्के


0
Shares

उर्लाबारी (मोरङ), साउन २२ । प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्किएका छन् ।

विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उनी घर फर्किएका हुन् । गत साउन १३ गते बिहीबार बिहान आफ्नै बारीमा रुखको पात काट्ने क्रममा लडेका राई गम्भीर घाइते भएका थिए ।

रुखबाट लडेका राईको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जारी गरेको थियो ।

प्रहरीको सूचनालाई आधार मानेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचार आएकै दिनदेखि राई परिवारले आपत्ति जनाउँदै आएका थिए । रासस