
पर्वत, साउन २२ । पर्वत सदरमुकाम कुश्माबजारमा पहिलोपटक रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी पर्वतले जिल्लामै पहिलो पटक रक्तसञ्चार केन्द्र सञ्चालन गरेको हो । रगतको अभावमा थुप्रै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने भएपछि रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको हो ।
अहिलेसम्म रक्तसञ्चार केन्द्रको अभावमा पर्वतलगायत धौलागिरी अञ्चलकै बासिन्दा सामान्य रोगको उपचार तथा शल्यक्रियाका लागि पोखरा र काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो ।
हाल एक सय युनिट रगत भण्डारण गर्न सकिने क्षमता रहेको केन्द्र बनाउन २२ लाख रुपैयाँ खर्च भएको रेडक्रस सोसाइटी कुश्मा शाखा सभापति रुद्रबहादुर रिमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्