रसुवा, साउन २२ । चीनको केरुङनजिकै पहिरो जाँदा रसुवागढी–केरुङ मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि नेपालबाट केरुङतर्फ सामान लिन जान लागेका सयौं मालबाहक कन्टेनर रसुवागढी नाकामै रोकिएका छन् ।
रसुवागढीदेखि केरुङसम्मको २६ किलोमिटर सडकको ६ ठाउँमा पहिरो गएको जनाइएको छ ।
नेपालतर्फ रसुवागढी नाकामा पहिरोको जोखिम भएकाले आफूहरुलाई थप समस्या भएको चालकहरुले बताएका छन् ।
यस्तै, सडक अवरुद्ध भएपछि केरुङ नाकाबाट चिनियाँ पर्यटकहरु पैदलयात्रा हुँदै नेपाल भित्रिएका छन् ।










प्रतिक्रिया दिनुहोस्