११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सरकारले निजी क्षेत्रसँग नजिकमा रहेर काम गर्छ : प्रधानमन्त्री दाहाल


0
Shares

काठमाडौं, साउन २२ । नेपाल उद्योग वाणिज्य महासंघले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ एवं शुभकामना दिएको छ ।

महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार गरेको भेटमा प्रधानमन्त्री दाहालले उद्योग–व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रसँग नजिकमा रहेर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघका अध्यक्ष मुरारकाले मुलुकभित्र उद्योग–व्यवसाय फस्टाउने तथा नयाँ लगानी आउने वातावरण बनाउन आग्रह गरेका थिए ।

त्यसका लागि नीतिगत स्थायित्व एवं निजी क्षेत्रसँग सम्बन्धित कानुनहरुमा संंशोधन गर्ने कार्यलाई उच्च प्राथमिकता राख्न महासंघले सुझाव दिएको जनाएको छ ।

महासंघले निजी क्षेत्र सदैव सरकारसँग नजिकमा रहेर काम गर्न चाहेको र नयाँ सरकारले ल्याउने आर्थिक विकासका कार्यक्रमहरुमा हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।