२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आज नागपञ्चमी पर्व मनाईदै


0
Shares

काठमाडौं । आज नागपञ्चमी । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ ।

यस दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ । यस दिन नागराजसँग ब्रह्माको संवाद भएकाले नागपूजा गर्न थालिएको वराहपुराणमा उल्लेख छ ।

आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा मेघ, अग्नी र नागको भय नहुने जनविश्वास छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ । यस दिन पशुपतिको वासुकी, नागपोखरी, टौदह, पनौतीलगायतका स्थानमा मेला लाग्ने गर्दछ ।