२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


मन्त्री निधि र चिनियाँ राजदुतबीच भेटवार्ता


0
Shares

काठमाडौं, साउन २३ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँग चिनियाँ राजदुत उ चुन्थाईले आज भेट गरेका छन् ।

मन्त्री निवास पुल्चोकमा भएको भेटमा राजदुत चुन्थाईले नेपालमा शान्तिपूर्ण ढंगले सरकार परिवर्तन भएकोमा खुशी व्यक्त गरेका थिए ।

सरकार परिवर्तनले चिनियाँ सहयोगमा कुनै असर नपार्ने राजदुत चुन्थाईको भनाइ थियो ।

उपप्रधानमन्त्री निधिले नेपालमा भएको सरकार परिवर्तन, विकास आयोजनाहरु निर्माण र चिनियाँ सहयोगका विषयमा आफुहरुबीच छलफल भएको बताए । उपप्रधानमन्त्री निधि र राजदुत चुन्थाईबीच पौने घण्टा छलफल भएको थियो ।