
रोल्पा, साउन २३ । शहीदमार्ग सडक खण्डअन्तर्गत दाङको घोराही–होलेरी सडक दुई हप्तादेखि सञ्चालन हुन सकेको छैन ।
दाङ सैघा–२ मखखोलामा खसेको पहिरो हटाउन नसक्दा दुई हप्तादेखि सडक ठप्प भएको हो । यो सडक हुँदै भित्रने र बाहिरिने कुनैपनि सवारी साधन दुई हप्तादेखि सञ्चालनमा छैनन् ।
यातायात सञ्चालनका लागि वैकल्पिक सडक बनाए पनि ठूला गाडी चल्न नसकेका हुन् ।
ट्याक्टरहरु होलेरीबाट घोराहीतर्फ गए पनि घोराहीबाट होलेरी तर्फ फर्कन नसकेको दाङ प्रहरीले जनाएको छ ।
मोटरसाईकल भने ओहोरदोहोर गरिरहेका छन् । पहिरो खस्ने क्रम नरोकिँदा बाटो खुलाउन नसकिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्