
काठमाडौं, साउन २३ । नेपाल खाद्य संस्थानले सिंहदरवारभित्र खाद्य बिक्री कक्ष स्थापना गर्ने तयारी गरेको छ ।
सिंहदरवारभित्रका निजामति कर्मचारीलाई संस्थानका गुणस्तरीय खाद्य सामाग्री बिक्री वितरण गर्नका लागि बिक्री कक्ष स्थापना गर्न लागिएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी दिए ।
संस्थानले अहिले सिंहदरवारभित्र बिक्री कक्ष स्थापनाका लागि ठाउँ खोजिरहेको छ ।
‘दसैं अगाडी नै बिक्री कक्ष संचालन गर्छौं,’ उनले भने । कर्मचारीका लागि संस्थानले सिंहदरवारभित्र बासमतीको ब्राउन, जिरामसिना, उसिना, मोटा, कर्णालीको सिमी, फापरजस्ता खाद्य सामाग्री राख्ने बताएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्