
परासी, साउन २३ । भारतीय सीमा नाकास्थित सशस्त्र प्रहरी बल हरपुर, नवलपरासीले आइतबार तीन लाख मूल्य बराबरका कुखुराका चल्ला बरामद गरेको छ ।
भारतको ठूठीबारीबाट महेशपुरको नाका हुँदै नवलपरासी ल्याईदै गरेको अवस्थामा सुनारी गाउँबाट प्रहरीले चार हजार आठ सय चल्ला बरामद गरेको हो । ८० वटा कार्टुनमा ल्याईएका चल्लालाई क्वारेण्टाईन चेक पोष्टको रोहबरमा नष्ट गरिएको छ ।
भारतमा भन्दा नेपालमा कुखुराका चल्ला २० देखि २५ रुपैयाँ महँगोमा बिक्री हुने गरेको छ । केही दिनदेखि महेशपुर नाका हुँदै ब्रोईलर कुखुरा र चल्लाको अवैध कारोबार बढेपछि सशस्त्र प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्