
काठमाडौं, साउन २३ । साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आयो ।
कारोबार सुरुवाती समयमा नेप्से ४० अंकले बढे पनि अन्तिम समयमा झर्दै ऋणात्मक रह्यो । व्यापक उतार चढावबीच यसदिन नेप्से करिब ४ अंकले ऋणात्मक रहेर १७६४ बिन्दुमा आएर थामियोे ।
गत बिहीबार नेप्से ४५ अंकले झरेको थियो ।
आइतबार कारोबार भएका समूहमध्ये आधा समूहमा सुधार आयो भने आधा समूहमा गिरावट आयो । उत्पादनमुलक समूह सबैभन्दा उच्च ८२ अंकले झर्यो ।
यस्तै बीमा समूहमा ५८ अंकको गिरावट आयो भने वाणिज्य बैंक समूह पनि ७ अंकले ओर्लियो । यसदिन टेलिकम सूचीकृत अन्य समूह भने साढे १७ अंकले उक्लियो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनीको २१ लाख कित्ता शेयर १ अर्ब ५३ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्