
फाइल तस्वीर
जनकपुर, साउन २३ । जनकपुरमा झुलन महोत्सवको रौनक शुरु भएको छ ।
१५ दिनसम्म चल्ने सो महोत्सवमा राम जानकीलाई झुलामा राखेर झुलाउने चलन छ । यो उत्सवका लागि जानकी मन्दिरलाई विशेष रुपले सजाइएको छ ।
प्रत्येक वर्ष साउनमा जनकपुरमा यो उत्सव मनाउने चलन रहेको जानकी मन्दिरका छोटा महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।
झुलनोत्सवको प्रारम्भ पहिलो पटक राम जानकीबाटै भएको बताइन्छ । झुलनोत्सवका लागि जानकी मन्दिरसहित जनकपुरका अधिकांश मन्दिरमा विशेष झुला बनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्