२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सेनाको मेहनतबाट सडक संजालसँग जोडियो डोल्पा


0
Shares

डोल्पा, साउन २३ । देशको सबैभन्दा ठूलो र विकट जिल्ला डोल्पा पनि सडक सञ्जालसँग जोडिएको छ ।

डोल्पाको सदरमुकाम दुनै जोड्ने निर्माणाधीन जाजरकोट–डोल्पा–दुनै सडक अन्तर्गत रुकुमदेखि डोल्पा सिमान सम्मको ७८ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरेको हो ।

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सो सडक खण्डको आइतबार उद्घाटन गरे । अब डोल्पा खण्डको १३.७ किलोमिटर ट्रयाक खोलिसकेपछि दुनैसम्म नै सडक पुग्ने छ ।

नेपाली सेनाको जाजरकोट–डोल्पा दुनै सडक निर्माण कार्यदलले २६.८ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरिसकेको छ ।

सडकको उद्घाटनपछि सेनापति राजेन्द्र क्षेत्रीले एक बर्षभित्र सडक दुनै पुर्‍याउनका लागि नेपाली सेनाले आफ्ना सबै निर्माण टोलीलाई खटाउने बताए ।

उद्घाटन कार्यक्रममा गाउँ गाउँबाट स्थानीयहरु बाजागाजासहित आएका थिए ।