Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सामाजिक सद्भावको नमूना, मुस्लिमले बनाए मन्दिर


0
Shares

पर्सा, साउन २३ । हिन्दू मुस्लिम समुदायबीच रहेको सद्भावलाई अझ गाढा बनाउन बीरगंजका मुस्लिमहरुले शिव मन्दिर निर्माण गरेका छन् ।

त्रिवेणी खोलाबाट जल ल्याएर उक्त मन्दिरमा आइतबार प्राण प्रतिष्ठा पूजा गरिएको छ ।

कलश यात्रामा हजारौं हिन्दू–मुस्लिम सहभागी भएका थिए । बीरगंज उपमहानगरपालिका–२६ प्रसौनीमा निर्माण गरिएको मन्दिरको लागत ४८ लाख रहेको जनाइएको छ ।