काठमाडौं, साउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंका र साउदी अरबमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउने वातावरण निर्माण गर्न परराष्ट्रसचिवलाई निर्देशन दिएका छन् ।
परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
‘साउदी अरबमा सयौं नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ,’ प्रधानमन्त्री दाहालले परराष्ट्रसचिवलाई भने, ‘यथार्थ बुझेर तुरुन्ता–तुरुन्तै उनीहरुलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस् ।’
प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दुतावाससँग समन्वय गरी यथाशिघ्र उनीहरुलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन निर्देशन दिएका हुन् ।
जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्