१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पुल बनाउन भारतीय एसएसबीले रोक्यो


0
Shares

                                                           फाइल फोटो
कन्चनपुर, साउन २५ । दोधारा–चाँदनी नगरपालिका–७, कन्चनभोजस्थित नालामा अस्थायी काठेपुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ ।

एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाइ पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्रनजिक पर्ने कन्चनभोजको नालामा पुल नहुँदा नेपाल–भारतका बासिन्दालाई आवत–जावत अप्ठेरो परेको छ ।

नेकपा एमाले दोधारा–चाँदनी नगर कमिटीले स्थानीयबासीको आग्रहमा सोमबार अस्थायी पुल बनाउने कार्य सुरु गरेपछि एसएसबीले रोेक लगाएको हो ।

कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै पुल बनाउन नदिएको बताए ।

उनकाअनुसार अस्थायी पुल निर्माण रोक्नका लागि १५ जनासम्म एसएसबीका जवान आएका थिए ।

एसएसबीले पुल बनाउन नदिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेस क्याम्प दोधारा–चाँदनीको टोली सुन्दरनगर पुगेको थियो ।

सशस्त्रको टोलीसित पनि एसएसबीले दशगजा क्षेत्र भएको जिकिर गर्दै आफूहरुको निगरानीमामात्रै पुल बनाउन पर्ने अडान दोहोर्‍याएको थियो ।

भारतीय पक्षले भीमदत्त नगरपालिका–१० जिमुवामा सीमा क्षेत्रनजिक सडक ग्राभेल र कालोपत्रे गर्न दिएको छैन । दशगजा क्षेत्रमा परेको जनाउँदै सडकमा कालोपत्रे गर्न रोक्ने गरेको छ । रासस