Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बेपत्ता तीन सन्तानको अवस्था ११ दिनसम्म पनि अज्ञात


0
Shares

बैतडी, साउन २५ । बेपत्ता भएको पाँच दिनपछि आमा मृतावस्थामा भेटिएपनि उनीसँगै हिँडेका तीन सन्तानको अवस्था ११ दिनसम्म पनि अज्ञात छ ।

बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ११ वर्षीय छोरा प्रकाश र पाँच वर्षीय अम्मर तथा सात वर्षीया छोरी कमला रहेको प्रहरीले बताएको छ ।

यही साउन १५ गते श्रीमान्सँग झगडा भएर घरबाट निस्किएकी २८ वर्षीया गोमा पाँच दिनपछि साउन १९ गते स्थानीय संघार खोलामा मृतावस्थामा फेलापरे पनि तीन छोराछोरीको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए । रासस

Skip This