१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्रीसँग यातायात प्राधीकरण गठन गर्न माग


0
Shares

काठमाडौं, साउन २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात क्षेत्रको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

यातायात व्यवसायीसँग बालुवाटारमा भएको भेटमा उनले यातायात क्षेत्रको विकास विना मुलुकको विकास असम्भव रहेको भन्दै यायातको क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बचन दिए ।

यातायात व्यवसायीहरुले भने पछिल्लो समयमा यातायात व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले यातायात प्राधीकरण गठन गर्न र बैज्ञानिक भाडा दर कायम गर्न माग गरेका थिए ।