२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


आकस्मिक अवतरण गरिएका हेलिकोप्टर पोखरा उडे


0
Shares

पर्वत, साउन २६ । मौसमको खराबीका कारण आकस्मिक अवतरण गरेका दुई हेलिकोप्टर गन्तव्यतर्फ लागेका छन् ।

मुस्ताङको लेतेबाट पोखरा फर्कंदै गरेका मनाङ एअरका दुई हेलिकोप्टर एक्कासि मौसममा खराबी आएपछि बुधबार मध्याह्न पर्वतको कुश्माबजारस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आकस्मिक अवतरण गरिएको थियो ।

मनाङ एअरको ‘९ एनएएलडी’ र ‘९ एनएएलसी’ कल साइन भएका हेलिकोप्टर भारी वर्षा र बाक्लो कुहिरोका कारण आकस्मिक अवरतण गर्नुपरेको क्याप्टेन प्रकाश सेढाइँले जानकारी दिए ।

दुईओटै हेलिकोप्टरमा दुई–दुईजना नेपाली यात्रु सवार रहेका थिए ।

भारतीय पर्यटकलाई लेतेमा झारेर पुनः उडान भर्न पोखरा आउँदै गर्दा एक्कासि मौसममा खराबी आएको अर्का क्याप्टेन कमल बुढाले जानकारी दिए ।

मौसममा सुधार आएपछि हेलिकोप्टर गन्तव्यतर्फ लागेको सशस्त्र प्रहरी गणका प्रमुख कृष्णकुमार थापाले जानकारी दिए । रासस