
राजविराज, साउन २७ । सप्तरीको दिघवा गाउँ विकास समितिका बाढीपीडित दलित बालबालिकालाई विहीबार लुगा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
मैथिली तथा भोजपुरी सिनेमाकी नायिका डोली सरकार र नेपाल टेलिभिजनका सप्तरी संवाददाता श्यामसुन्दर यादवको समन्वयमा २ सय ५० दलित बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।
दलित बालबालिकामा वितरित सामान विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्