१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट रञ्जन लिम्बूको अन्त्येष्टि (भिडियो)


0
Shares

विशाल नेम्वाङ (इमेज)
झापा, साउन २७ । यही साउन २४ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका फिस्टेल एअरको हेलिकोप्टरका चालक रञ्जन लिम्बूको विहीबार झापाको चारआलीमा अन्तिम संस्कार गरिएको छ ।

लिम्बूको शवलाई प्रगति सामुदायिक वनमा समाधिस्त गरिएको हो ।

काठमाडौंबाट बिरामी लिन गोरखा गएको र बिरामी लिएर फर्कनेक्रममा चालक लिम्बूले उडाएको हेलिकोप्टर गत सोमबार नुवाकोटमा दुर्घटना हुँदा त्यसमा सवार सबै सातजनाको मृत्यु भएको थियो ।

भिडियो हेर्नुहोस्